६ आश्विन २०८१, आइतबार | September 22, 2024

अब एम्बाप्पेको कप्तानीमा फ्रान्सेली फुटबल



चैत्र-९

फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।     
    
राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।    
    
दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजयमात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ । फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष    
    
सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।    
    
लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगनन उनको स्थान लिएका छन् ।रासस     

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : २३ बजे