१ आश्विन २०८१, मंगलबार | September 17, 2024

ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



चैत्र-१०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।    
    
अध्यक्ष ओलीले ट्वीटमा भन्नुभएको छ, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।” निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : ४५ बजे