२ आश्विन २०८१, बुधबार | September 18, 2024

बाघको आक्रमणबाट महिलाको मृत्यु



कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।    
    
भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।    
    
“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उहाँले भन्नुभयो, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”    
    
प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताउनुभयो । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ५५ बजे