७ आश्विन २०८१, सोमबार | September 23, 2024

आइटेक दिवस मनाइयो



यहाँस्थित भारतीय राजदूतावासमा एक समारोहको आयोजना गरी शुक्रबार ५८औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ ।    
    
 कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका भूतपूर्व विद्यार्थी र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्वविद्यार्थी गरी पाँच सयभन्दा बढीको उपस्थिति थियो ।    
    
 समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकाससम्बन्धी अनुभव एवं विशेषज्ञता नेपाललगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पु¥याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गर्नुभयो । साथै उहाँले भारतले यो वर्ष नेपालका लागि रेलमार्गलगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे छलफल भइरहेको बताउनुभयो ।    
    
 सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसीलगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गर्नुभयो । सो अवसरमा भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।    
    
 भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पु¥याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ ।    
    
 सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएको छ । घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ ।    
    
 पछिल्लो १५ वर्षमा मात्रै नेपालका दुई हजारभन्दा बढी अधिकारीलाई आइटेकअन्तर्गत तालिम दिइएको छ । भारतको प्रयासको एक हिस्साका रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नप¥ुयाई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पु¥याएको विश्वास व्यक्त गरिएको छ ।    
—  

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ३४ बजे