७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता



चैत्र-१३

सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।    
    
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।    
    
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।    

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ४ : १० बजे