७ आश्विन २०८१, सोमबार | September 24, 2024

राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान



चैत्र-१३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।    

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ६ : ३५ बजे