चैत्र-१७, काठमाडौँ ।
आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीको शपथ हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।
लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, नेसपा, नागरिक उन्मुक्ति, लोसपा र आमजनता पार्टीबाट एक-एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।
बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।
प्रतिक्रिया