१ आश्विन २०८१, मंगलबार | September 18, 2024

दिउँसो ३ बजे नयाँ मन्त्रीको शपथ



चैत्र-१७, काठमाडौँ ।

आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीको शपथ हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।

लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । 

नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २-२ जना, नेसपा, नागरिक उन्मुक्ति, लोसपा र आमजनता पार्टीबाट एक-एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।

बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०० बजे