४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भूगोल इनर्जीको आइपीओमा आजबाट आवेदन खुला



भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १० प्रतिशत  सामूहिक लगानी कोषका लागि ५ प्रतिशत र बाँकी रहेको ८५ % अर्थात १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले  चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । इक्रा नेपालले २०७९ माघ १० गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० माघ ९ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : २५ बजे