४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम्सेवक तालिम



काठमाडौँ, २८ चैत:   
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन गरेको छ ।    
    
 बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम्सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो ।    
    
 निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयम्सेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् ।रासस

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ११ : ५८ बजे