८ आश्विन २०८१, मंगलबार | September 25, 2024

शताब्दी पुरुष जोशी पत्नीको निधन 



बैशाख,२
शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।    
    
 सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।रासस

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : ३० बजे