१८ माघ २०८२, शनिबार | January 31, 2026

गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते



काठमाडौँ, २ वैशाख (रासस) :   
काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ।   


प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको ज्ञवालीले बताउनुभयो ।    
    
प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।    

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १२ : २८ बजे