१३ आश्विन २०८१, आइतबार | September 30, 2024

संविधानको रक्षाका लागि गठबन्धनमा मतदान : नेता सिंह



बैशाख-०६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले विसं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।    
    
उहाँले भन्नुभयो,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उहाँले थप्नुभयो, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।”    
    
सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उहाँको भनाइ थियो । —  

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : १६ बजे