१३ आश्विन २०८१, आइतबार | September 30, 2024

सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो



बैशाख-०६

सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।    
    
 आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।    
    
 नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । बेपत्ता भएका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी¬–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।    
    
 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।    
–––  

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०६ बजे