१३ आश्विन २०८१, आइतबार | September 29, 2024

दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला



बैशाख,११    
बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ ।    
    
कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए । पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।    
    
स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।    
    
घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शबको पहिचान हुन सकेको छैन ।    
    
लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् ।रासस  

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४२ बजे