१३ आश्विन २०८१, आइतबार | September 29, 2024

चितवनका समरपन लामा इंडियाज बेस्ट डान्सरको टप १२मा



बैशाख-१२

इंडियाको प्रसिद्ध इंडियन रियालिटी टिभी सो इंडियाज बेस्ट डान्सर जाहा हजारौं डान्सरहरूको सपना पूरा हुन्छ। यो रियालिटी सो सोनी च्यानलबाट प्रसारण हुन्छ। यस रियालिटी सोका जज गिता कपूर, टेरेन्स लुइस्, र सोनाली बेन्द्रे रहेका छन्। यस रियालिटी सोमा ‌नेपालबाट चितवनका समरपन लामा टप १२मा छनोट भएका छन्। समरपनले कन्टेमपोररी डान्स इस्टआइललाई प्रस्तुत गरेका छन्। समरपनको नृत्य प्रस्तुतिले जजहरूलाई मोहित र चकित पारेको छ।


आफ्नो मेहनत र लगनशीलताले समरपन यस रियालिटी सोको इस्टेज सम्म पुगेका हुन्। अन्तर्राष्ट्रिय इस्टेजमा नेपाललाई चिनाउनदै नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रस्तुत गर्दै छन्। समरपनलाई धेरै धेरै बधाई र आगामी दिनका लागि शुभकामना।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ३६ बजे