१३ आश्विन २०८१, आइतबार | September 29, 2024

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी



बैशाख-१२

राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।    
    
 प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराउनुभयो ।    
    
 सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराउनुभएको हो ।    
–––  

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : ४५ बजे