१३ आश्विन २०८१, आइतबार | September 29, 2024

सन्दिपलाई आज अदालतमा पेस गरिँदै   



बैशाख,२१
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ गरेको आरोपमा पक्राउ परेका सन्दिप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोपमा सन्दिपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने आठजना पक्राउ परिसकेका छन् ।

उक्त प्रकरणमा पूर्व गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ परेका छन् । पाण्डेमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : १६ बजे