१३ आश्विन २०८१, आइतबार | September 29, 2024

डुबेर बालिकाको मृत्यु 



बैशाख,२४
निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

घर भन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ५८ बजे