२ आश्विन २०८१, बुधबार | September 18, 2024

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न ठाडो निर्देशन



काठमाडौँ, बैशाख-२९ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पनि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि प्रक्रिया अघि नबढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफल विपरीत ल्याउन लागिएकोले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको गलत नीति भन्दै संसदमा समेत विरोध उठेको थियो । नयाँ स्टक एक्सचेन्जका लागि हाल सम्म हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ३८ बजे