१३ आश्विन २०८१, आइतबार | September 29, 2024

नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी



काठमाडौँ, २ जेठ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

सो क्रममा उहाँले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रुपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १ : २२ बजे