१८ मंसिर २०८२, बुधबार | December 3, 2025

नागरिक उन्मुक्ति पार्टी द्वारा पाँच दिन नेपाल बन्दको घोषणा



जेष्ठ-३
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई जन्मकैदको फैसला बिरुद्दमा पाँच दिन नेपाल बन्दको घोषणा गरेको छ |

मंगलबार सर्वोच्च आदलतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेको थियो ।सर्वोच्च आदलतको उक्त फैसला बिरुद्द  नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन समेत गर्दै भोलि जेठ ६  गते देखि जेठ १०  गते सम्म नेपाल बन्द गर्ने घोषणा गरेको  छ। सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए। उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताए।

सो पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नेगरी कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरेकै बेला मंगलबार सर्वोच्चले यस्तो आदेश सदर गरेको थियो । रेशम चौधरी २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थिर सदरखोरमा छन् ।

जिल्ला र उच्च अदालतको फैसलाअनुसार उनी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । पार्टीले प्रधानमन्त्रीलाई सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ४८ बजे