४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

मधेश प्रदेशसभाको बैठक बस्दै



जेष्ठ-०४

मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ११ : ५३ बजे