९ आश्विन २०८१, बुधबार | September 25, 2024

राष्ट्रपति पौडेल संसद भवन जाँदा तामझाम नगरिने



राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् ।

सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन्। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।

गत  फागुन २५ मा निर्वाचित पाैडेलले पहिलाे पटक सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पाैडेलकाे तयारी रहेकाे पोखरेलले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ११ : ५३ बजे