८ आश्विन २०८१, मंगलबार | September 24, 2024

भरतपुर महानगरपालीकाले हराएको पुंगी खोला खोज्ने



भरतपुर महानगरपालिकाले हराएको पुंगी खोला खोज्ने भएको छ | पुंगी खोलामा भएको अतिक्रमण हटाउन महानगरपालिकाले शुक्रबार एक सार्वजिनक सूचना जारी गरेको थियो ।

मध्य भरतपुर (वडा नं-११,२,३,४, १०)भई बग्ने ६.६५ कि.मि लामो पुंगी खोलाको सिमाङ्कन र संरक्षण अभियान सुरु गरिने भएको छ । नक्साङकन पछि Master Plan अनुसार खोलालाई Beautification, foot-trail, Gardening र River-Corridor लगायतका निर्माण कार्यहरुको सुरुवात समेत गरिने भएको छ|

पुंगी खोलाको केही क्षेत्रको सिमाङकनमा देखिएको केही प्राविधिक समस्याहरुको समाधानका निम्ति आज नगर प्रमुख रेनु दाहाल ज्यु, उपप्रमुख चित्रसेन अधिकारी ज्यु र नापी विभागका महानिर्देशक जनकराज जोशी बीच शुक्रबार भेटघाट भएको थियो।

उक्त बैठकबाट पुगीं खोलाको नक्सामा केही स्थानमा खोला बदनियत पुर्व हटाईएको पाईएकाले,सन १९६४(२०२२साल)को Aerial Map अध्ययन गर्ने,२०२७ सालको नापीको पल्ट रजिस्टर,फिल्ड बुक र श्रेस्ता खोज्ने र खोलालाई कानुन बमोजिम आफ्नै पुरानो प्राकृतिक स्वरुपमा फर्काउने निर्णय भएको छ। महानगरको यस अभियानमा आफ्नो विभागको पुर्ण सहयोग रहने प्रतिबध्दता नापी विभागका महानिर्देशकले गर्नुभएको थियो।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ८ : २९ बजे