१८ मंसिर २०८२, बुधबार | December 3, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष



काठमाण्डौ, जेठ-८

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिब दुइ महिनाकाे अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएकाे हाे।

प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकसहित १६ जनालाई फरार सूचीमा राखिएको छ। फरार सूचीमा गिरोहमा संलग्न पूर्वगृहमन्त्री  तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक, नीरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा लगायत फरार रहेका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ३ : २९ बजे