५ आश्विन २०८१, शनिबार | September 21, 2024

बागमती प्रदेश पुरुष फुटबलमा चितवनको विजयी सुरुआत



काठमाडौँ, जेठ-९

चितवनले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल मंगलबार जित हात पारेको छ । पिप्ले क्याम्पा रंगशाला भएको खेलमा चितवनले रामेछापलाई २–० गोलले पराजित गर्यो ।

मंगलबार नै भएका अन्य खेलमा काभ्रे र भक्तपुरले पनि सफलता हात पारे । दुवै टोली पेनाल्टी सुटआउटमा विजयी भएका हुन् । काभ्रेले दोलखालाई ३–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

भक्तपुरले भने धादिङलाई ४–० गोलले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

गौरीटार रंगशाला जारी महिला फुटबलमा भने नुवाकोटले रामेछापलाई २–१, सिन्धुलीले काभ्रेलाई पेनाल्टी सुटआउटमा १–० र काठमाडौँले मकवानपुरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पाखा लगाए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १० : ०३ बजे