३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भरतपुर महानगरपालिका, १० नं. वडा कार्यालयद्वारा रक्तदाता उत्प्रेरणा कार्यक्रम संचालन



चितवन, जेठ-१०

भरतपुर महानगरपालिका, १० नं. वडा कार्यालयले मंगलबार विभिन्न विद्यालयमा रक्तदाता उत्प्रेरणा तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ |

वडा कार्यालयले भरतपुर-१० स्थित अरोमा, अर्किड, नारायणी मा.वि, भरतपुर मा.वि, चितवन मा.वि लगायतका विधालयहरुमा उक्त कार्यक्रम संचालन गरेको थियो | वडाले रगतबिनाको जीवनको कल्पना पनि गर्न नसकिने र आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकोले विधार्थीहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरेको थियो | साथै विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी जनप्रतिनिधि र विधार्थी बीच अन्तक्रिया कार्यक्रम समेत भएको थियो |

रक्तदानको महत्व बुझाउन, रक्तदान सम्बन्धि भएका विभिन्न भ्रमहरुलाई निरुपण गर्न तथा सामाजिक सद्भाव सृजना गर्ने  उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष परमेश्वर खनालले बताउनुभयो | उहाँले”शिक्षा विकास नै राष्ट्र विकासको जग हो” भन्ने कुरामा समेत जोड दिनुभयो |

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  १० : ०८ बजे