१२ आश्विन २०८१, शनिबार | September 28, 2024

रवि लामिछाने माथि सर्वोच्चमा पुन रिट दर्ता



जेठ-१०

राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा पुन रिट दर्ता भएको छ ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ’सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो ।

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रिट दर्ता भएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : ०२ बजे