९ असार २०८३, मंगलबार | June 23, 2026

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने तयारी



जेठ-11
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठको १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरिएको छ।

यद्यपि, भ्रमणको मिति भने घोषणा गरिएको छैन।

‘भ्रमणको मिति नै तयचाहिँ भइसकेको छैन। प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नै मिलाउने हुँदा मिति पनि उसैले तय गर्ने कुरा हो,’ प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।

पराराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्। मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ।

‘नेपाल र भारतको परराष्ट्र मन्त्रालयले भ्रमणको दिन र कार्यतालिका एकै पटक सार्वजनिक गर्नेगरी तयारी गरिरहेका छन्, छिट्टै नै सार्वजनिक हुन्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

भारत भ्रमण द्विपक्षीय हित प्रवर्द्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने भनेर प्रधानमन्त्री प्रचण्डले बताउँदै आएका छन्।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ५० बजे