६ आश्विन २०८१, आइतबार | September 22, 2024

फेरि सर्वोच्चमा मुद्दा परेपछि रवि आक्रमक



“घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।”

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको सक्कल निस्सा सर्वोच्च अदालतमा बुझाई सकेको बताएका छन् । साथै, अमेरिकी नागरिकता त्याग गरेको भन्ने सर्वोच्चले यस अघि गरेको फैसलाबाट पुष्टि भइसकेको उनले बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले आफूलाई पटक– पटक इरिटेट गराउने काम भएको बताएका हुन् ।

उनको सांसद अयोग्यता सम्बन्धि प्रश्न उठाउँदै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले सर्वोच्चमा उनीविरुद्ध रिट दर्ता गराएका छन् । उनको रिटमा आगामी जेठ १७ गते सुनुवाइ तोकिएको छ ।

उनले लेखेका छन्ः

‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’ स्रोत : रिपोर्टर्स नेपाल

 

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : ०९ बजे