१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सहकारीकाे रकम हिनामिना गरी फरार रहेका ढोरपाटनका मेयर एमालेबाट निलम्बित



जेठ-11

सहकारीबाट सर्वसाधारणको रकम हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनले २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

बुधबार एमालेका प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको जानकारि दिएको हो ।

विज्ञप्तीमा भनिएको लेखिएको छ,‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु-याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ ।’

उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  २ : ०५ बजे