१२ आश्विन २०८१, शनिबार | September 28, 2024

५२ वर्षीया महिलाको हत्या



जेठ-१२

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हतियार प्रयोगगरी  हत्या  भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको आफ्नै घरमा  हतियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो  । उहाका अनुसार मृतकको जिउभर चोटैचोट रहेको छ ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको थियो  ।घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका दोषी पत्ता लगाउन तालिम प्राप्त कुकुर झिकाउने तयारी भइरहेको छ साथै  घटनास्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान यस अघि नै मृत्यु भइसकेको र छोराछोरीहरु अध्ययनका लागि काठमाण्डौंमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ४८ बजे