९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

प्रमाणित गर म एक मिनेट बस्दिनँ: सुदन किराती



जेठ-१४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्।

पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक गर्न खोजिएको भन्दै प्रश्न उठिरहेको छ।

मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताएका हुन्।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला! प्रमाणित गर म एक मिनेट बस्दिनँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : १३ बजे