५ आश्विन २०८१, शनिबार | September 21, 2024

मेस्सीले रोनाल्डोको रेकर्ड तोड्दै बनाए अर्को किर्तिमान



जेठ-१४

शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी लियोनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् ।

खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे ।

खेलमा पीएसजी १–१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले  ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ ।

यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नुका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो ।

उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा चलीहेको छ कुन क्लब जान सक्लानभन्ने चर्चा चलिरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १० : २५ बजे