१२ आश्विन २०८१, शनिबार | September 28, 2024

रेशमलाई न्याय भएन : रवि लामिछाने



जेठ -१६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशमलाल चौधरीलाई अन्याय भएको बताएका छन् । रेशम निर्दोष छन भन्ने विश्वासका कारण आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने माग राखेको स्मरण गर्दै उनलाई आममाफी दिएर छोड्दा न्याय नभएको बताएका हुन् ।

रेशम निर्दोष भएपनि उनलाई गलत प्रक्रियाबाट छुटाइएको भन्दै रविले न्याय नभएको जिकिर गरेका हुन् । रेशमले आफू र थारुहरुको संघर्षलाई जितमा बदल्न नसकेको रविको भनाई छ ।

रेशमको रिहाइबारेको प्रश्नमा रविले भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन, उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ ।’ रेशम जेलबाट रिहाई भएपछि उनी आफ्नो गृहजिल्लातर्फ लागेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ४१ बजे