१६ माघ २०८२, बिहिबार | January 30, 2026

चर्चित मोटोभ्लगर राज कुमार थापा पक्राउ



असार-११

वान एक्स बेट नामक आनुमतिबिना  चलाइएको एप्स मार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युटुब च्यानल मार्फत वान एक्स बेट लाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न अर्का युबक पक्राउ परेका छन् ।

२२ बर्षीय  चर्चित मोटोभ्लगर राज कुमार थापालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलीले मिति २०८०।०३।०८ गते का.जि.कपनबाट पक्राउ गरी सट्टावाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानको लागि मिति २०८०।०३।१० गते प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : ०४ बजे