११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

२ लाख क्षतिपूर्ति दिदा कम हुने भएकोले १० लाख दिन सांसदको माग



असार-११

सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट २ लाख क्षतिपूर्ति दिने गरे पनि त्यो रकम कम भएको बताए ।

चट्याङबाट सर्वसाधारण र किसानहरू बढी मर्ने गरेको भन्दै विदेश जान छोडेर खेती किसानी गर्दा पनि चट्याङले ज्यान लिने गरेको तर सरकारले अत्यन्त कम क्षतिपूर्ति दिने गर्नाले पीडितहरूलाई मलहम नलाग्ने बताए ।  ‘दाङमा केही दिन अघि मात्र २ जना किसान बालीनाली लगाइरहेका किसान चट्याङ लागेर मृत्यु भयो’, गिरीले भने, ‘रामनारायण चौधरी र समीर केसीको मृत्यु भयो, रुपा राना घाइते छन् ।’

त्यस्तै घटना बागलुङमा पनि दुई नाबालक दिनेश र सुनिता विकको ज्यान गएको भन्दै उनले गत साल मात्र चट्याङबाट ५५ जनाले नेपालमा ज्यान गएको बताए ।  ‘तर सरकारले दुई लाख रुपैयाँ दिने गरेको छ । यो नाम मात्रको छ’, गिरीले भने, म चट्याङबाट निधन भएका परिवारलाई कम्तीमा १० लाख दिन सरकारसँग आग्रह गर्दछु ।’

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १ : ४८ बजे