११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

पशुपतिका पूर्व सदस्य सचिव ढकालविरुद्ध करिब डेढ करोडको भ्रष्टाचार मुद्दा



असार-११

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

एक करोड ४४ लाख ११ हजार ७८१ रुपियाँ ७१ पैसा गैरकानुनी रुपमा आर्जन गरेको र सो रकमको स्रोत नखुलेका कारण अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।

अख्तियारका प्रवक्ता दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढे बढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ । २०७४ साउन ३२ गते ढकाल पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त हुनुभएको थियो ।

सात करोड चौरासी लाख पाँच हजार चौरानब्बे रूपैंया बाह्र पैसा (७,८४,०५ ,०९४ .१२)खर्च तथा लगानी भएको देखिंदा वैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा(१,४०,११,७८१ .७१)  रहेको हुँदा सार्वजनिक पद धारण गरेका निज प्रदिप ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिनुका साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रु.१,४४,११,७८१।७१ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको  आरोप  सहित  मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ४१ बजे