७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर-१० का वडा अध्यक्षले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा



चितवन,असार-१२

भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेर अखण्ड भारत नामको नक्सा बनाएपछि नेपाल त्यसको चौतर्फि बिरोध भईरहेको छ ।

यसको विरोधमा वडा अध्यक्ष खनालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन |

‘भारतले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै राख्छ भने हामी पनि हाम्रो देशको ग्रेटर नेपालको नक्सा राख्नुपर्छ” वडाध्यक्ष खनालले बताएका थिए ।’

केही दिनअघि काठमाडौ महानगरपालिकाका मेयर वालेन शाहले पनि आफ्नो कार्यकक्षमा उक्त नक्सा राखेका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : १२ बजे