२ आश्विन २०८१, बुधबार | September 18, 2024

सुनको मूल्य बढ्यो, हालसम्मकै धेरै



काठमाडौँ – नेपाली बजारमा आज बिहीबार सुनको भाउ फेरि बढेको छ। नयाँ बजेटपछि निरन्तर उकालो लागेको सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार ४१० रुपैयाँ कायम भएको थियो। बुधबार चाँदी २० रुपैयाँले बढेको थियो।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : १२ बजे