१६ माघ २०८२, बिहिबार | January 30, 2026

प्रधानमन्त्री गएकै दिन रवि लामिछाने पनि लागे भारत



काठमाडौँ, जेठ १८

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार पत्नी निकिता पौडेलसहित भारत भ्रमणमा गएका छन्।

रास्वपा स्रोतका अनुसार लामिछाने व्यक्तिगत कामका लागि मुम्बईतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि भारत गएकै दिन रास्वपा सभापति लामिछाने पनि भारत भ्रमणमा निस्किएका हुन्।

आफू मुम्बईयात्रामा निस्केपछि लामिछानेले संसदीय दलको कार्यबाहक नेतामा काठमाडौँ ८ बाट निर्वाचित सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ५८ बजे