१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोसीमा खस्यो



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उच्च अधिकारी सवार एउटा गाडी शुक्रबार सुनकोसी नदीमा खसेको छ । उक्त गाडीमा सीटीईभीटीका सहसचिवलगायत सवार रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर गाडी सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो । गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका छन् । गाडीमा चारजना सवार थिए ।त्यसमा सवार अरू व्यक्तिको अवस्था अज्ञात रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनका अनुसार गाडीमा सवार व्यक्तिको खोजी जारी छ । उनीहरू भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १ : २८ बजे