जेठ-२५
सहकारी क्षेत्रमा समस्या आएसँगै नियामक र अभियन्ता आमनेसामने भएका छन् । ऐन विपरीत वित्तीय गतिविधि सञ्चालन गरेकै कारण सहकारीमा समस्या आएको जनाउँदै नियामक सहकारी विभागले त्यस्तो गतिविधिमा संलग्न जुन कुनै संस्थालाई कारबाही गरिछाड्ने चेतावनी दिएको हो ।
ऐनले नदिएपछि सहकारी संस्थाहरूले व्यक्ति प्रयोग गरेर घरजग्गा खरिद गर्ने र लगानी दिने गरेको आफूले प्रमाण पाएको रजिष्ट्रार घिमिरेले दाबी गरे । यस्ता संस्थाले सोही व्यक्तिको घरजग्गा पुनः धितो राखेर कर्जा लगानी गर्ने, धितो सकार्ने गरेको आफूले पत्ता लगाएको समेत खुलासा गरे ।
‘सबै सहकारीहरू खराब छैनन्, धेरै राम्रा कामहरू पनि गरेका छन् । ७४ लाख सदस्य आबद्ध सहकारीहरूले आर्थिक, सामाजिकसँगै रोजगारीमा समेत ठुलो सहयोग पुर्याएको छ । विश्व आर्थिक मन्दीको कारण नेपाल समेत अछुतो रहन नसक्दा यसको समस्या सहकारीमा समेत देखिन गएको हो,’ अध्यक्ष कँडेलले भने, ‘तर यो धेरै समय जाँदैन । सहकारीको फल डाउन सकियो अब छिट्टै रिकभरी हुन्छ ।’
यता तरलताको समस्यामा फसेका सहकारी संघ संस्थाहरू अहिले एकाएक बन्द गर्दै सञ्चालकहरू फरार भइरहेका छन् । लाखौँ रुपैयाँ बचत गरेका बचतकर्ता सदस्यलाई दैनिक ५–१० हजार रुपैयाँ पनि फिर्ता गर्न सकिरहेका छैनन् । आजभोलि दिनहुँ जसो बचत फिर्ता नभएको, सहकारी संस्थाले ठगेर भागेको जस्ता उजुरी लिएर बचतकर्ता (सहकारी सदस्यहरू) विभाग, स्थानीय पालिका तथा प्रहरीकोमा उजुरी गर्न पुगिरहेका छन् ।
प्रतिक्रिया