१२ आश्विन २०८१, शनिबार | September 28, 2024

घुस लिएको अभियोगमा पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो । आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १ : १२ बजे