१६ माघ २०८२, बिहिबार | January 29, 2026

तनहुँमा एक महिलाको शव फेला



तनहुँमा एक जना महिलाको शव फेला परेको छ।

मंगलबार अन्दाजी १० बजे व्‍यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए।

उनका अनुसार शव बोराभित्र फेला परेको हो।

घटनास्थलमा डिएसपीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।

शवको पहिचान नखुलेको एसपी विष्टले बताए।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ४५ बजे