११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

हेटौंडाबाट ५४ लाख ५० हजार रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ



जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : ४८ बजे