११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

खेलकुदको बजेटबारे सांसद तोसिमा भन्छिन्– इज् दिस अ जोक ?



सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदप्रति उदासहीनता देखाएको बताउँदै सांसद तोसिमा कार्कीले आक्रोश पोखेकी छन्।

‘इज् दिस अ जोक?’ तोसिमाले भनिन्, ‘हामी बजेटको नाममा के ठट्टा गरिरहेका छौं? युवा तथा खेलकुद मन्त्रालयको बजेटले त त्यही भन्छ त।’

बजेटको शीर्षकले नै ब्यङ्ग्य गरेको बताउँदै कार्कीले क्रिकेटले हासिल गरेको सफलताको प्रशंसा गरिन्।

‘गत वर्ष स्वर्णीम वर्ष बनेर आयो, निराशाबीच क्रिकेटले हासिल गरेको सफलताले समाजलाई उत्साहित पारेको बताइन्,’ उनले भनिन्, ‘१९औं एसियन गेम्सका लागि ६ करोड  ४० लाख, १४औं दक्षिण एसियाली खेलकुदका लागि २५ लाख सहभागी तथा तयारी खर्च भनेर छुट्याइएको छ। अन्तर्राष्ट्रिय स्तरमा महत्त्व राख्ने खेलकुदप्रति किन उदासहीन?

यति कम रकममा हाम्रा खेलाडीले कति तयारुी गरेर कस्तो प्रदर्शन गर्लान्, तोसिमाको प्रश्न थियो। नयाँ खेलाडीहरूलाई खेलुकदमा लाग्न उत्प्रेरित गर्ने वा आसा जगाउने बजेट नभएको उनले बताइन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  २ : ४५ बजे