४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

शान्ति सुरक्षाको चुनौती बढेको भन्दै चितवनमा सम्पूर्ण फिल्म हल बन्द



चितवन, असार -२दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट जानकी (सीता) लाई लिएर बोलिएको एक वाक्य हटाउने पर्ने भन्दै विवाद भएपछि चितवनका सबै फिल्महलहरु बन्द गरिएका छन् ।

शुक्रबार फिल्म ‘आदिपुरुष’ प्रदर्शनका क्रममा केही युवाहरुले हुलदंगा मच्चाएपछि शान्ति सुरक्षाको चुनौतीलाई मध्यजनर गर्दै आज बिहान चलिरहेका बेला हल बन्द गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीको ठाडो मौखिक आदेशमा फिल्महलहरु बन्द भएका हुन् । अचानक बिना जानकारी सिडियोले हल नै बन्द गराएपछि हल सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् ।

दैनिक अनलाइन

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ४ : ०८ बजे