११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको राजेन्द्र लिङदेनको आरोप



असार-०५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्। उनले विधेयकको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको बताए।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई आग्रह गरे।

‘हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौं। हामीले प्रक्रियाका कुरा गरेका छौ । त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन्,’ उनले भने, ‘छलफल गरेर लैजाऊ भनेका छौं।’

लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको  ध्यानाकर्षण गराए। उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ४४ बजे